काठमाडौंः काठमाडौंको जडिबुटीमा आज दिउँसो बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।
ना ५ ख ४८०० नम्बरको बस जडिबुटीमा रहेको मोटर ग्यारेजमा परिचालकले पार्किङ गर्ने क्रममा अन्दाजी २० वर्षीय युवकलाई दिँदा उनको मृत्यु भएको हो ।
मृतकको सनाखत हुन सकेको छैन् ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
परिचालकलाई प्रहरी प्रभाग कोटेश्वरले नियन्त्रणमा लिएको छ भने बस चालक फरार रहेकाले खोजतलास भइरहेको छ ।
यसैगरी, सिराहाको धनगढीमाई नगरपालिका–१० मा आज बिहान भएको सवारी दुर्घटनामा परि मोटरसाइकल चालकको मृत्यु भएको छ ।
।
मृत्यु हुनेमा सिराहाकै मिर्चैया नगरपालिका–६ बस्ने २५ वर्षीय विकाश साह रहेका छन् ।
प्रदेश १–०१ ००१ ख ३७१२ नम्बरको बसमा स ६ प ६८०४ नम्बरको मोटरसाइकल ठोक्किँदा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकलमा पछाडी चढेका २ जनाको भने स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
बस चालकलाई इलाका प्रहरी कार्यालय धनगढीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७७ साल चैत ९ गते सोमबार, २१:५२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook