काठमाडौंः टोखा नगरपालिका–११ भण्डारीटोलबाट ११ जुवाडे पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरीले टोखा नगरपालिका–११ भण्डारीटोल डेरा गरी बस्ने झापा शिब सतासी नगरपालिका–९ घर भएका ३५ वर्षीय पूर्ण बहादुर लिम्बुको कोठामा जुवातास खेलिरहेको अवस्थामा लिम्बुसहित ११ जनालाई बुधबार साँझ पक्राउ गरेको हो ।

उनीहरुको साथबाट २ लाख १४ हजार ९ सय रुपैयाँ नगद र ४ बुक तास समेत बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

 


प्रकाशित मितिः बिहिबार, असोज २३, १३:५८