काठमाडौंः काठमाडौंको टोखामा कौडा र बाजुराको गौमुलमा तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ परेका छन् ।

काठमाडौंको टोखा नगरपालिका–६ बस्ने धर्म श्रेष्ठको घरमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका–६ बस्ने धनुषा बट्टेश्वर गाउँपालिका–३ घर भएका ३२ वर्षीय पुरन श्रेष्ठ समेत ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८ हजार ५ सय ५० रुपैयाँ र १६ वटा कौडा सहित आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

बाजुराको गौमुल गाउँपालिका–४ बिज्याढुङ्गा बस्ने केशब रोकायाको पसलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय कलक रोकाया समेत ११ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।


उक्त पसलमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गौमुलेबाट खटिएको प्रहरीले उनीहरुलाई ५१ हजार २ सय ३५ रुपैयाँ र १ गड्डी तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः मंगलबार, साउन २०, २०७७, १६:०६