काठमाडौंः काठमाडौंको टोखामा श्रीमान–श्रीमती मृत भेटिएका छन् ।

उमेश केसी र उनकी श्रीमती सुदिक्षा गिरी मृत भेटिएका हुन‍् ।

सुर्खेत घर भएका उमेश केही हप्ता अगाडिमात्र अमेरिकाबाट फर्किएका थिए । उनीहरु ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा बस्दै आएका थिए ।

प्रहरीका अनुसार उमेश कोठाको बेडमा लडिरहेको र श्रीमती पासोमा झुन्डिएको अवस्थामा शव फेला परेको हो । घटनाको कारण भने खुलेको छैन ।

विस्तृत विवरण भने पोष्टमार्टम रिपोर्टपछि खुल्ने प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २५ गते शनिबार, १५:३९