काठमाडौंः काठमाडौंको ठुलोभर्याङमा आज बिहान डि आई गाडी, ट्याक्सी र स्कुटर आपसमा ठक्कर खाँदा स्कुटर चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौंको छाउनी बस्ने १९ वर्षीय सुजन बज्राचार्य रहेका छन् ।
बा १७ च ९२८३ नम्बरको डि आई गाडी, बा १ ज ३८८६ नम्बरको ट्याक्सी र बागमती प्रदेश–०२–०२४ प ४७४२ नम्बरको स्कुटर आपसमा ठोक्किँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।
दुर्घटनामा संलग्न सबै सवारी साधन र चालकहरुलाई महानगरीय प्रहरी वृत्त स्वयम्भुले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७७ साल चैत १९ गते बिहीबार, १७:४१
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook