काठमाडौंः काठमाडौंको तिनकुने मुनिभैरवमा शुक्रबार राति स्कुटर पल्टिँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौंको मुलपानी बस्ने २९ वर्षीय मनोज विष्ट रहेका छन् ।

प्रदेश–३–०२–०१२ प ७१०१ नम्बरको स्कुटर अनियन्त्रित भएर पल्टिँदा घाइते भएका विष्टको महांकाल स्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ८ शनिबार, १३:१४