काठमाडौंः देशभरि नै चिसो बढ्ने क्रम तीव्र रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उल्लेखनीय मौसमी प्रणाली नभए पनि तराईका अधिकांश क्षेमा हुस्सु तथा कुहिरो लागेको छ।

न्यूनतम र अधिकतम तापक्रमबिचको अन्तर कम हुने क्रम जारी रहेकाले केही क्षेत्रमा तुसारो परेको छ । तराईका क्षेत्रमा लगातार हुस्सु तथा कुहिरो लाग्ने र दिउँसो पनि घाम नलाग्ने सम्भावना बढी रहेको मौसमविदले बताए ।

यस्तै काठमाडौं उपत्यका तथा देशका पहाडी क्षेत्रमा बिहान केही समय कुहिरो लागे पनि दिउँसो घाम लाग्ने तर चिसो भने अधिक हुने छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना छ ।


देशभरि नै तापक्रम घट्ने क्रम जारी रहेका बेला बुधबार बिहान काठमाडौ उपत्यकाको तापक्रम यो वर्षकै कम ३.७ डिग्री सेल्सियस पुगेको छ ।


प्रकाशित मितिः बुधबार ०२ पौष, ०८:३४