काठमाडौंः काठमाडौंको बबरमहलमा आज बिहान स्कुटरको ठक्करबाट ३ वर्षीय बालक घाइते भएका छन् ।

घाइते हुनेमा बबरमहल बस्ने इन्द्र गौतम रहेको प्रहरीले जनाएको छ ।

आज बिहान सवा ९ बजे घर अगाडि खेलिरहेका बालकलाई बा ८१ प २८९ नम्बरको स्कुटरले ठक्कर दिँदा घाइते भएका बालकको अन्नपूर्ण न्यूरो अस्पताल माइतीघरमा उपचार भइरहेको छ ।

ठक्कर दिएर फरार रहेका स्कुटर सहित चालकको खोजी भइरहेको प्रहरी वृत सिंहदरबारले जनाएको छ ।


प्रकाशित मितिः आइतबार, कार्तिक ३, १३:१२