काठमाडौंः काठमाडौंको बाफलमा आइतबार साँझ भएको सवारी दुर्घटनामा २ वर्षीया बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बाफल बस्ने धादिङकी २२ वर्षीया देवी तामाङकी २ वर्षीया छोरी दिपशिखा रहेकी छिन् ।

पैदलयात्री देवीलाई बा ५६ प ४४५ नम्बरको स्कुटरले ठक्कर दिएको थियो । स्कुटरको ठक्कर पश्चात तामाङको काखमा रहेकी उनकी २ वर्षीया छोरी दिपशिखा भुईमा खसेकी थिइन् । बालिकालाई पछाडीबाट आइरहेको भारतीय नम्बरको ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएकी बालिकाको उपचारको क्रममा स्वयम्भू स्थित मनमोहन मेमोरियल अस्पतलामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै सवारी साधन सहित चालकलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले नियन्त्रणमा लिएको छ ।



प्रकाशित मितिः २०७७ साल कार्तिक १७ सोमबार, ११:४७