काठमाडौंः काठमाडौंको बालाजुबाट सुनका बिभिन्न गर गहनाहरु चोरी गरिरहेको अवस्थामा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुली घर भई हाल काठमाडौं बनस्थली बस्ने २३ वर्षीय कुमार भुजेल रहेको प्रहरीले जनाएको छ ।

बालाजुका कृष्ण प्रसाद फुँयालको घरबाट करिब ३ लाख ८५ हजार मूल्य बराबरको सुनका बिभिन्न गर गहनाहरु चोरी गरिरहेको अवस्थामा भुजेललाई महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले सोमबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः मंगलबार, मंसिर ३, १२:३५