काठमाडौंः बुढानिलकण्ठ नगरपालिका–३ निलोपुल बस्ने दिलमाया थापाको घरमा तास खेलिरहेको अवस्थामा थापा लगायत ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ४३ हजार ४ सय ५० रुपैयाँ र तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ३ सोमबार, १५:३२