काठमाडौंः काठमाडौं महानगरपालिका–६ बौद्ध कपन सरस्वतीनगरबाट १ किलो ८ सय ग्राम तौलको संरक्षित वन्यजन्तु सालकको खपेटा सहित प्रहरीले २ जनालाई आइतबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका–३ डाँडाखर्क बस्ने ३० वर्षीय कुल बहादुर तामाङ र सोही ठाउँ बस्ने २० वर्षीय जयराम तामाङ रहेका छन् ।

संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उक्त खपेटा सहित फेला पारी पक्राउ गरेको हो ।

बरामद खपेटा सहित उनीहरुलाई आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं बुझाइएको व्यूरोका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी उपरीक्षक गंगा पन्तले जानबकारी दिए ।



प्रकाशित मितिः २०७८ साल वैशाख १४ गते मंगलबार, ०८:४५