काठमाडौंः काठमाडौंको शंखरापुर नगरपालिका ५ लामाडाँडामा आज बिहान टेम्पो दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा टेम्पोमा सवार काभ्रेपलाञ्चोकको मण्डनदेउपुर गाउँपालिका–१ घर भएका ४५ वर्षीय प्रल्लाद बास्ताकोटी रहेका छन् ।

नगरकोटबाट साँखुतर्फ आउँदै गरेको आनटेस्ट लेखिएको टेम्पो दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

घाइते भएका सबैलाई उपचारका लागी पिपुल्स लाईफ केयर अस्पताल पठाइएको छ ।

टेम्पो सडकबाट अन्दाजी ५० मिटर तल खसेको थियो ।

टेम्पो चालक फरार भएकोले खोजी भइरहेको महानगरीय प्रहरी प्रभाग साँखुले जनाएको छ ।



प्रकाशित मितिः २०७७ साल कार्तिक ६ बिहीबार, १८:३७