काठमाडौंः काठमाडौंको शान्तिनगरमा बुधबार दिउँसो मोटरसाइकलको ठक्करबाट एक युवतीको मृत्यु भएको छ भने ठक्क्कर दिने मोटरसाइकलका चालक घाइते भएका छन् ।

मृत्यु हुनेमा काठमाडौंकै गोलढुङगाकी २० वर्षीया सुजु पुतुवार रहेकी छिन् ।

नयाँ बानेश्वरबाट कोटेश्वरतर्फ जाँदै गरेको बाग्मती प्रदेश–०२–०१३ प ६५०९ नम्बरको मोटरसाइकलले हिजो जेब्राक्रसिङबाट बाटो पार गर्दै गरेकी युवतीलाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टर महांकालमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकल चालकको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भइरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ६ बिहीबार, ०९:१०