काठमाडौंः काठमाडौंको चन्द्रगिरी नगरपालिका–११ सतुंगलमा मंगलबार बेलुकी टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा चितवनको रत्ननगर नगरपालिका–१६ का २५ वर्षीय सुनिल अधिकारी रहेको प्रहरीले जनाएको छ ।

नागढुङ्गाबाट कलंकी आउँदै गरेको बा ३ ख ३८१७ नम्बरको टिपरले सोही दिशाबाट जाँदै गरेको बा २६ प ४९०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेका अधिकारीको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक ललितपुरको महालक्ष्मी नगरपालिका–२ ईमाडोलका टिका बहादुर बानियाँ घाइते भएका थिए ।


। उनको ग्वार्को स्थित वि एण्ड वि अस्पतालमा उपचार भैरहेको छ ।

प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिई घटनाको अनुसन्धान थालेको छ।

 


प्रकाशित मितिः बुधबार, असोज १५, ०९:२०