काठमाडौंं: काठमाडौंको सामाखुसी चोकमा कन्टेनरको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापाको पंचगाक्षी गाउँपालिका–४ घर भएका ३१ वर्षीय अशोक ताजपुरीया रहेका छन् ।

सामाखुसीबाट गोंगबुतर्फ जाँदै गरेको ना ६ ख ४०१६ नम्बरको कन्टेनरले पैदल हिडिरहेका ताजपुरीया आज दिउँसो साढे १२ ठक्कर दिएको हो ।

कन्टेनरको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

सवारी साधन सहित चालकलाई प्रहरी प्रभाग गोंगबुले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २ आइतबार, १९:०५