काठमाडौंः काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित एक घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय प्रकाश घिमिरे लगायत १२ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग गौशलाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद २८ हजार १ सय १० रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल माघ २१ गते बुधबार, १७:५९