काठमाडौंः बुढानिलकण्ठ नगरपालिका–९ न्युकोलोनी बस्ने मिरा राईको घरमा तास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका–४ धुम्बाराही बस्ने ६८ वर्षीय राम बन्जारा लगायत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ५५ हजार ४ सय ३० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १ गते बुधबार, १६:५२