काठमाडौंः प्रहरीले काठमाडौंबाट नियन्त्रित लागूऔषध सहित तीन जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–६ चुच्चेपाटीस्थित सडक किनारबाट नियन्त्रित लागूऔषध १ सय ५० ट्याब्लेट नाईट्राजेपाम नाईट्राभेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा कचनकवल गाउँपालिका–३ ठेगाना भएका २४ वर्षीय सुजन तामाङ र काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका–४ ठेगाना भएका २२ वर्षीय आशुतोष मोक्तान रहेका छन् ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले प्रदेश–०२–०१८ प ४०४२ नम्बरको मोटरसाइकललाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक तामाङ र मोटरसाइकलमा आएका मोक्तानलाई पक्राउ गरेको हो ।


यसैगरी, काठमाडौं महानरगपालिका–६ अङधाराचोकस्थित सडक किनारबाट नियन्त्रित लागूऔषध ७ सय ५ ट्याब्लेट नाईट्राजेपाम नाईट्राभेट सहित सिन्धुपाल्चोक बलेफी गाउँपालिका–२ ठेगाना भएका २७ वर्षीय दिवाकार थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा उक्त ब्यूरोबाट थप अनुसन्धान भइरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १२ शुक्रबार, १६:५३