काठमाडौंः दशैं नजिकिएसँगै राजधानी शहर काठमाडौंबाट आ–आफ्नो घर फर्किने क्रम अझै जारी छ । त्यस्तै विभिन्न जिल्लामा गएकाहरु काठमाडौं भित्रिने क्रम पनि जारी रहेको छ ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार शुक्रबारबार मात्रै काठमाडौंबाट ३१ हजार १ सय ८६ वटा सवारी साधन बाहिरिएका छन् । यस्तै विभिन्न नाकाबाट १४ हजार २ सय २२ सवारी साधन काठमाडौं भित्रिएको महाशाखाले जनाएको छ ।

मंगलबार जगातीबाट सबैभन्दा बढी २१ हजार ८ सय ९९ सवारी साधन बाहिरिएका छन् । त्यस्तै नागढुंगाबाट ८ हजार ३ सय ८, मुड्खु भञ्ज्याङ्बाट २ सय २१, फर्पिङबाट ७ सय ५८ गरी जम्मा ३१ हजार १ सय ८६ सवारी बाहिरिएको महाशाखाले जनाएको छ ।


यसैगरी महाशाखाका अनुसार नागढुंगाबाट ७ हजार ३१, जगातीबाट ६ हजार ३ सय ५४, मुड्खु भञ्ज्याङ्बाट २ सय ८, फर्पिङबाट ६ सय २९ गरी जम्मा १४ हजार २ सय २२ सवारी साधनहरु भित्रिएका छन् ।

महाशाखाका अनुसार दशैंका लागि कलंकी, नयाँ, पुरानो बसपार्क, चाबहिल, कोटेश्वर, गौशालालगायत काउन्टरबाट शुक्रबारसम्म १ लाख ५० हजार ७ सय ८३ जना सर्वसाधारणले टिकट बुकिङ गरेका छन् ।


प्रकाशित मितिः शनिबार, असोज १८, ०८:०८