काठमाडौंः काठमाडौ महानगरपालिका–७ गौरीघाट क्षेत्रबाट अवैध लागूऔषध चरेश १.८ केजी सहित ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ओखलढुङ्गा पात्ले गाउँपालिका–९ घर भई काठमाडौं बौद्ध तीनचुली बस्ने ३२ वर्षीय नरेन लामा, धादिङ गजुरी गाउँपालिका–८ घर भई काठमाडौं गुर्जुधारा बस्ने १७ वर्षीय किशोर, सोही ठाउँ बस्ने २८ वर्षीय सोनाम भन्ने सुमन तामाङ र पर्सा ठोरी गाउँपालिका–५ घर भई काठमाडौं बौद्ध तीनचुली बस्ने ३५ वर्षीय दिपक तामाङ रहेका छन् ।

विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उक्त चरेश सहित उनीहरुलाई पक्राउ गरेको हो ।


उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिए ।


प्रकाशित मितिः २०७७ साल कार्तिक २० बिहीबार, २०:०२