काठमाडौंः काठमाडौं महानगरपालिका–३२ मुनिभैरवस्थित एनआईसी एसिया बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा एक जनालाई प्रहरीले आइतबार राति पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसे घर भएका १९ वर्षीय अनिल तामाङ रहेका छन् ।
उक्त एटिएमको तल्लो भाग फुटाई अन्य भाग फुटाउँदै गरेको अवस्थामा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर २२ सोमबार, १३:४७
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook