काठमाडौंः काठमाडौं महानगरपालिका–३२ छाप्रो स्थित सडकखण्डमा आज बिहान कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने कार चालक सहित ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कारमा आएका तीनकुने बस्ने २० वर्षीय दितम गुवाजु रहेका छन् ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

पेप्सीकोलाबाट जडिबुटीतर्फ आउँदै गरेको बा १० च २८६४ नम्बरको कार अर्को सवारी साधनलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको हो ।

घाइते सबैको मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित मितिः २०७७ साल चैत २० गते शुक्रबार, १५:५०