काठमाडौं: अहिले काठमाडौंमा दैनिक साढे ५ लाख लिटर हाराहारी प्रशोधित दूध उपभोक्ताले दैनिक खपत गरिरहेका छन् । हरेक दिन काठमाडौं सहरबाट कम्तीमा २ करोड ९७ लाख रुपैयाँ किसानले गाउँ लैजान्छन् ।

कृषि उपजमध्ये सहरबाट सर्वाधिक मुद्रा गाउँ पुर्‍याउने यो मुख्य वस्तुको गुणस्तर खस्केको, स्वास्थ्यलाई हानि पुर्‍याउने अखाद्य वस्तु मिसावट भएको गुनासो तालुक मन्त्रालयसमक्ष पुगेपछि सोमबार कृषिमन्त्री चक्रपाणि खनालले राजधानीका चारवटा डेरीमा छापा मारे ।

मन्त्रीले बालाजुमा छापा हान्नुअघि २५ डेरी उद्योगका ४२ वटा ब्रान्डका दूध पाउच संकलन गरेका थिए । यी मध्ये ४० वटामा मानव स्वास्थ्यलाई हानिकारक हुने सोडियम बाई कारबोनेट (सोडा) फेला परेको महानिर्देशक कर्णले बताए।


। सोडा दूध फाट्नबाट जोगान प्रयोग गरिएको देखिन्छ। यो स्वास्थ्यका लागि हानिकारक हो। नेपालमा दूधमा सोडा मिसाउन अवैधानिक मानिन्छ।

‘१७ वटा ब्रान्डमा व्यवसायीले चिल्लो पदार्थ (फ्याट) घटाएर प्याकेजिङ गरेको भेटियो,’ महानिर्देशक कर्णले भने, ‘९ वटामा ठोस पदार्थ (एसएनएफ) मापदण्डभन्दा न्यून भेटियो।’

‘उपभोक्ताप्रति कोहीपनि उत्तरदायी देखिएनन्,’ मन्त्री खनालले अनुगमनका क्रममा भने, ‘जनताको स्वास्थ्यमा खेलबाड भइरहेको छ । अधिकांश डेरी उद्योगको मापदण्ड पुग्दैन । पाउडर भरमार प्रयोग गरिएको छ । खाद्य प्रविधिले पनि कडाइपूर्वक छानबिन गरेको देखिएन।’

दूधजस्तो संवदेनशील पदार्थको उत्पादनमा डेरीहरूले पर्याप्त ध्यान नपुर्‍याएको विषयलाई प्रधानमन्त्री र मन्त्रि परिषद्मा लैजाने बताउँदै मन्त्रीखनालले कानुन संशोधन तथा नयाँ आवश्यक भए ल्याउने बताए । यसअघि बुधबार डीडीसीले मन्त्रालयलाई राजधानीका १२ वटा डेरीको दूधको गुणस्तर जाँचेर प्रतिवेदन बुझाएको थियो। त्यो प्रतिवेदनले ७ वटा ठूला डेरीले दूधमा सोडा मिसाउने गरेको प्रतिवेदन दिएको छ। कान्तिपुर दैनिकमा समाचार छ ।