काठमाडौंः काठमाडौंको सामाखुसीमा आज ट्रकको ठक्करबाट मोटरसाइकलमा चढेकी एक महिलाको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।

मृत्यु हुनेमा तनहुँ घर भइ हाल मनमैजु बस्दै आएकी ३० वर्षीया अनुपा बराल रहेको प्रहरीले जनाएको छ ।

बा ७८ प ६८५७ नम्बरको मोटरसाइकललाई भारतीय नम्बर प्लेटको ट्रकले आज बिहान पौने १० बजे ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको उपचारको क्रममा आज बिहान शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक मृतककै श्रीमान ३७ वर्षीय सुरेन्द्र अधिकारी भने सामान्य घाइते भएका छन् ।

दुर्घटनामा संलग्न दुबै सवारी साधन सहित ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



प्रकाशित मितिः मंगलबार, असार १६, २०७७, १८:०६