काठमाडौंः काठमाडौंको सामाखुसी चोक नजिकै आज बिहान बस र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौंको तारकेश्वर नगरपालिका–५ का ५५ वर्षीय लोथर थारु रहेका छन् ।
प्रदेश ३ ०१ ००५ ख ९५५२ नम्बरको बस र बा ३३ प १९१ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा बसुन्धरामा रहेको ग्रिनसिटी अस्पतालमा मृत्यु भएको हो ।
बस सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर २८ गते आइतबार, १४:५७
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook