काठमाडौंः काठमाडौं उपत्यकाको धर्मस्थली क्षेत्रमा बर्डफ्लू भेटिएको छ । धर्मस्थलीका केहि पोल्ट्री फर्ममा पालिएका कुखुरामा बर्डफ्लू भेटिएको हो ।

स्वास्थ्य सेवा विभाग अन्तरगत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बर्डफ्लू भेटिएको पुष्टि गरेका छ ।
आज र्‍यापिड रेस्पोन्स टिम बनाएर प्रभावित क्षेत्रमा पठाउने समेत महाशाखाको तयारी छ ।

केही दिनअघि पूर्वी चितवनको खैरहनी नगरपालिका वडा नम्बर ९ मा रहेका केहि पोल्ट्री फर्ममा कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु अर्थात् एभिएन इन्फ्लुएन्जा एच फाइभ एन वान भेटिएको थियो। यसरी बर्डफ्लू भेटिएको समयमा मासु स्वस्थ्यकर नहुने हुनाले सकेसम्म कुखुराको मासु नखान विज्ञहरुको सुझाव छ ।