काठमाडौंः कागेश्वरी मनहरा नगरपालिका–६ मुलपानीमा मंगलबार साँझ मिनी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–६ घर भई चाँगुनारायण बस्ने २७ वर्षीय सुरज कुईंकेल रहेका छन् ।

मुलपानी भक्तपुर सडकखण्डमा बा ५ ख १८२ नम्वरको मिनी ट्रकले प्रदेश ३–०२–०१२ प ५८४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका कुईंकेलको नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा उपचारको क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक सहित चालकलाई महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः २०७७ साल चैत ४ गते बुधबार, ११:५८