काठमाडौंः भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला काठमाडौं आइपुगेका छन् ।

दुई दिने औपचारिक भ्रमणका लागि श्रृंगला आज बिहान ११ बजे चार्टर्ड विमानबाट काठमाडौं आइपुगेका हुन् ।

विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आएका उनले आजै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ ।

उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेट गर्ने कार्यक्रम छ ।

भ्रमणका अवसरमा उनले कोरोना रोकथाम सम्बन्धी सहयोग सामग्रीसमेत हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।



प्रकाशित मितिः २०७७ साल मंसिर ११ बिहीबार, ११:३१