काटमाडौंः नेपालमा राजनीतिक संकट गहिरिँदै गएका बेला उत्तरी छिमेकी चीनको सत्तारूढ चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रतिनिधि मण्डल काठमाडौं आएको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली काठमाडौं आएको हो ।
चिनियाँ टोलीको भ्रमणबारे विस्तृतमा जानकारी दिइएको छैन । यद्यपि चिनियाँ प्रतिनिधिमण्डल नेपालमा चार दिन रहनेछ ।
काठमाडौंस्थित चिनियाँ राजदूतावासले चिनियाँ टोलीको भेटघाटका लागि नेकपाका शीर्ष नेताहरूसँग समय मिलाइरहेको स्रोतले जानकारी दिएको छ ।
प्रकाशित मितिः २०७७ साल पुस १२ गते आइतबार, १५:२०
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook