काठमाडौंः नयाँ भेरियन्टसहितको कोरोना भाइरसको दोस्रो लहर बढेपछि सरकारले आजदेखि काठमाडौं उपत्यकामा १५ दिनसम्म निषेधाज्ञा लागु गरेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरमा बिहान ६ बजेदेखि निषेधाज्ञा सुरु भएको हो ।

संघीय राजधानीमा कोरोना संक्रमणको दर ह्वात्तै बढेपछि उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेबाट शुरू भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहने छ । त्यसपछि पनि थप एक साता निषेधाज्ञा जारी गर्न सक्ने अधिकार मन्त्रिपरिषद बैठकले सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई दिएको छ ।


निषेधाज्ञाका कारण काठमाडौं उपत्यकाका सडकहरु बिहानैदेखि सुनसान देखिएका छन् । अत्यावश्यक सेवाका र सन्चालन अनुमति पाएका गाडीहरु फाट्टफुट्ट चलेका देखिन्छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १६ गते बिहीबार, ०७:४२