काठमाडौंः काठमाडौं उपत्यकामा आज थप २ हजार ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल २ हजार ३८८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा २ हजार ८ जना, भक्तपुरमा ९९ जना तथा ललितपुरमा २८१ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ३ सोमबार, १७:००