काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ३ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज कूल ३ हजार १०७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा २ हजार ३९१ जना, भक्तपुरमा १७३ जना तथा ललितपुरमा ५४३ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ५ बुधबार, १६:३३