काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा आज थप ४२ जनामा कोरोना भाइरस संक्रमण देखिएको बताएका हुन् ।

काठमाडौंका २८ जना, ललितपुरका १३ र भक्तपुरका १ जनामा संक्रमण देखिएको हो ।

काठमाडौंका संक्रमितमध्ये शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १ जना, पाटन अस्पताल ललितपुरमा १५ जना र त्रिवि शिक्षण अस्पतालमा काठमाडौंका २ जना गरी २८ जनामा कोरोना संक्रमण भेटिएका हुन् ।

यसैगरी, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा ललितपुरका १३ जना र भक्तपुरका १ जनामा पनि कोरोना संक्रमण भेटिएका हो ।


आज मात्रै कोरोना भाइरसका ११८ जना नयाँ संक्रमित थपिएका छन् ।


प्रकाशित मितिः शुक्रबार, असार २६, २०७७, १६:३८