काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा आज थप ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको बताएका हुन् ।

उनीहरुमध्ये ६ जना काठमाडौंका छन् भने भक्तपुर र ललितपुरका एक/एक जना छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा टेकुमा गरिएको परीक्षणमा भक्तपुरका एक जना पुरुष, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २ जना महिला र २ जना पुरुष तथा पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एक जना पुरुष र ललितपुरका एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।


यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा काठमाडौंका एकजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

आज मात्रै कोरोना भाइरसका ४७६ जना नयाँ संक्रमित थपिएका छन् ।


प्रकाशित मितिः सोमबार, असार १५, २०७७, १७:२४