काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा आज थप ६ जनामा कोरोना भाइरस संक्रमण देखिएको बताएका हुन् ।

काठमाडौंका ५ र भक्तपुरका १ जनामा संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका १ तथा नेपाल– कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ रभक्तपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज मात्रै देशभर कोरोना भाइरसका ३१५ जना नयाँ संक्रमित थपिएका छन् ।



प्रकाशित मितिः शनिबार, साउन १७, २०७७, १६:४३