काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा आज थप ३१ जनामा कोरोना भाइरस संक्रमण देखिएको बताएका हुन् ।

काठमाडौंका २२, ललितपुरका ८ र भक्तपुरका १ जनामा संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ११ र ललितपुरका ४ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ८ जना तथा वीर अस्पताल काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका १ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा ललितपुरका १ जना, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, स्टार अस्पताल ललितपुरमा गरिएको परीक्षणमा ललितपुरका ३ जना तथा नेपाल–कोरिया मैत्री नगरपालिका अस्पताल, मध्यपुर थिमिमा गरिएको परीक्षणमा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको हो ।


आज मात्रै देशभर कोरोना भाइरसका २४६ जना नयाँ संक्रमित थपिएका छन् ।


प्रकाशित मितिः आइतबार, साउन १८, २०७७, १८:२९