काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा आज थप ६२ जनामा कोरोना भाइरस संक्रमण देखिएको बताएका हुन् ।

काठमाडौंका ४८, ललितपुरका १ र भक्तपुरका १३ जनामा संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका ११ र काठमाडौंका ३८ जना, त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौंका २ र ललितपुरका १ जना, बीआईडीएच ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना तथा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।


आज मात्रै देशभर कोरोना भाइरसका २५९ जना नयाँ संक्रमित थपिएका छन् ।


प्रकाशित मितिः मंगलबार, साउन २०, २०७७, १६:४७