काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा आज थप १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको बताएका हुन् ।

उनीहरुमध्ये काठमाडौंका १२ जना र भक्तपुर र ललितपुरका एकरएक जनामा संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका २ जना पुरुष, भक्तपुरका एक महिला तथा पाटन अस्पताल ललितपुरको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एक जना महिला र ललितपुरका एक जना पुुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौंका ४ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।


आज मात्रै कोरोना भाइरसका ३१६ जना नयाँ संक्रमित थपिएका छन् ।


प्रकाशित मितिः मंगलबार, असार १६, २०७७, १६:५०