काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा आज थप ९२ जनामा कोरोना भाइरस संक्रमण देखिएको बताएका हुन् ।

काठमाडौंका ९० र ललितपुरका २ जनामा संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौंका ४४ र ललितपुरका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणमा काठमाडौंका १८ जना र पाटन अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, स्टार अस्पताल सानेपामा गरिएको परिक्षणमा काठमाडौंका १३ र ललितपुरका १ जना, ह्याम्स अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ८ जना, नेपाल–कोरिया मैत्री अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका १ जना र वीरेन्द्र अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।



प्रकाशित मितिः आइतबार, साउन २५, २०७७, १६:४१