काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा आज थप १३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको बताएका हुन् ।

काठमाडौंका १०९, ललितपुरका २१ र भक्तपुरका ८ जनामा संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा काठमाडौंका १०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परिक्षणमा भक्तपुरका १, काठमाडौंका २९, पाटन अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १, काठमाडौंका ११ र ललितपुरका १४, वीर अस्पतालमा गरिएको परीक्षणमा गरिएको परीक्षणमा भक्तपुरका २ जना र काठमाडौंका २ जना, त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ र काठमाडौंका ११ जना र ललितपुरका १ र नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १, काठमाडौंका २२ र ललितपुरका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यसैगरि, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा भक्तपुरका १, काठमाडौंका ९ र ललितपुरका २, विध ल्याबमा गरिएको परीक्षणमा काठमाडौंका ५ र ललितपुरका २, ह्याम्स अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ८ जना र भक्तपुरका १ तथा वीरेन्द्र अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका २ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।


प्रकाशित मितिः बुधबार, साउन २८, २०७७, १७:३९