काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा आज थप ११९ जनामा कोरोना भाइरस संक्रमण देखिएको बताएका हुन् ।

काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ६ जनामा संक्रमण देखिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा भक्तपुरका ३, काठमाडौंका २३ र ललितपुरका १, पाटन अस्पतालमा गरिएको परिक्षणमा भक्तपुरका १, काठमाडौंका ४ र ललितपुरका २६, वी एण्ड वी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका १ तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका १६ र ललितपुरका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यस्तै, धुलिखेल अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ३, नेपाल प्रहरी अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका १३, स्टार अस्पताल सानेपामा गरिएको परिक्षणमा भक्तपुरका २ र काठमाडौंका ६, ह्याम्स अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका १० तथा नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परिक्षणमा काठमाडौंका ७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।


प्रकाशित मितिः शुक्रबार, साउन ३०, २०७७, १६:४५