काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ३९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमार्फत उपत्यकामा आज थप ३९६ जनामा कोरोना भाइरस संक्रमण देखिएको बताएका हुन् ।

काठमाडौंमा ३०० जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ३८ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः मंगलबार, भदौ २३, २०७७, १६:३०