काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमार्फत उपत्यकामा आज थप ४६४ जनामा कोरोना भाइरस संक्रमण देखिएको बताएका हुन् ।

काठमाडौंमा ३९४ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा ३४ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः बुधबार, भदौ २४, २०७७, १६:३८