काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यकामा आज थप ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको बताएका हुन् ।

काठमाडौंका २४ जना, ललितपुरका २० र भक्तपुरका १० जनामा संक्रमण देखिएको हो ।

काठमाडौंका संक्रमितमध्ये पाटन अस्पताल ललितपुरमा २३ जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा १ जना भेटिएका हुन् ।

यसैगरी, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा ललितपुरका २० जना र भक्तपुरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

आज मात्रै कोरोना भाइरसका १८० जना नयाँ संक्रमित थपिएका छन् ।



प्रकाशित मितिः सोमबार, असार २२, २०७७, १६:३७