काठमाडौंः काठमाडौं उपत्यकामा आज थप ७११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज थप ७११ जनामा कोरोना भाइरस संक्रमण देखिएको बताएका हो ।

काठमाडौंमा २११ जना महिला र ३५९ जना पुरुष गरी ५७० जना, भक्तपुरमा ३७ जना महिला र ४६ पुरुष गरी ८३ जना तथा ३० जना महिला र २८ जना पुरुष गरी ललितपुरमा ५८ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः शनिबार, असोज ३, २०७७, १६:३१