काठमाडौंः काठमाडौं उपत्यकामा आज थप २ हजार ५४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ९९२ जना महिला र १ हजार ५४८ जना पुरुष गरी कूल २ हजार ५४० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ७९९ जना महिला र १ हजार २८६ जना पुरुष गरी २ हजार ८५ जना, भक्तपुरमा ६९ जना महिला र ६६ पुरुष गरी १३५ जना तथा ललितपुरमा १२४ जना महिला र १९६ जना पुरुष गरी ३२० जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः बिहीबार, असोज २२, २०७७, १६:४२