काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १ हजार ४०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ५२७ जना महिला र ८८२ जना पुरुष गरी कूल १ हजार ४०९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ४०९ जना महिला र ७०७ जना पुरुष गरी १ हजार ११६ जना, भक्तपुरमा ५७ जना महिला र ७३ पुरुष गरी १३० जना तथा ललितपुरमा ६१ जना महिला र १०२ जना पुरुष गरी १६३ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः शुक्रबार, असोज २३, २०७७, १६:३५