काठमाडौंः काठमाडौं उपत्यकामा आज थप २ हजार ६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज १ हजार ९३ जना महिला र १ हजार ५७९ जना पुरुष गरी कूल २ हजार ६७२ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ८५० जना महिला र १ हजार २५० जना पुरुष गरी २ हजार १०० जना, भक्तपुरमा ८४ जना महिला र ११९ पुरुष गरी २०३ जना तथा ललितपुरमा १५९ जना महिला र २१० जना पुरुष गरी ३६९ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः शनिबार, असोज २४, २०७७, १६:३३