काठमाडौंः काठमाडौं उपत्यकामा आज थप १ हजार ४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा आज ५२९ जना महिला र ८८७ जना पुरुष गरी कूल १ हजार ४१६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

काठमाडौंमा ४०८ जना महिला र ७३७ जना पुरुष गरी १ हजार १४५ जना, भक्तपुरमा ५० जना महिला र ६० पुरुष गरी ११० जना तथा ललितपुरमा ७१ जना महिला र ९० जना पुरुष गरी १६१ जनामा संक्रमण देखिएको हो ।


प्रकाशित मितिः २०७७ साल असोज २५ आइतबार, १६:३४